बालकुमारीमा गोली चलाएर प्रहरीले समात्यो तीन लागुऔषध कारोबारी
ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएर तीन लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया छन् । उनको दाहिने खुट्टामा गोली लागेको छ ।
