SHARE
पर्दाफास · शनिबार ६ असार २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६-२८ मा काठमाडौंमा हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो केन्द्रीय महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको शुक्रवार र शनिवार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तोकेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङदेनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।