SHARE
पर्दाफास · शनिबार ६ असार २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

विगतका कमजोरी सच्याएर अघि बढ्ने रवि लामिछानेको प्रतिबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । शनिवार चितवनमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा उनले लोकतान्त्रिक मूल्य–मान्यताप्रति सधैँ प्रतिबद्ध रहने बताएका हुन् । उनले मुलुकमा आएको परिवर्तन र उपलब्धिहरू विगतका सङ्घर्ष तथा बलिदानकै जगमा सम्भव भएको उल्लेख गरे ।