SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

सरकारको अनधिकृत कार्यकारी भूमिका घातक : राप्रपा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको अनियमित र अनधिकृत ढङ्गको कार्यकारी भूमिकाको अभ्यास घातक रहेको बताएको छ ।राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले शनिबार एक विज्ञप्ती जारी गर्दै सरकारको अनधिकृत ढंगको कार्यकारी भूमिकाको अभ्यासका कारण निजामती कर्मचारी संयन्त्र,  स्वतन्त्र संवैधानिक निकायहरू समेत डर, त्रास र धम्कीको त्रासमा रहनु परेको र यस्ता समाचारहरू दिनहुँजसो सार्वजनिक भइरहेको बताएका छन् ।