४ वर्षमा हामीले आम नागरिकको मन जित्यौं : रवि लामिछाने
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्र र संविधानको मजबुतीका लागि आफूहरू नचुक्ने बताएका छन्। चितवनमा भएको पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान बलियो बनाउनका लागि आफूहरू होसियारीका साथ लागि परेको बताए। उनले विगतमा मुलुकलाई यहाँसम्म ल्याउन भएका त्याग र बलिदानको सम्मान गर्नुपर्ने समेत बताए।
