कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्वपूर्ण छ : शिक्षामन्त्री
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्वपूर्ण भएको बताएका छन्। शनिबार चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएकाले कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्वपूर्ण भएको बताएका हुन्।
