SHARE
पर्दाफास · शनिबार ६ असार २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट

चौधरी ग्रुप अन्तर्गत सञ्चालित सीजी इलेक्ट्रोनिक्स प्रालिको कारोबार चालु आर्थिक वर्ष २०२५÷२६ को पहिलो छ महिनामा करिब ५७ प्रतिशतले घटेको छ । सेप्टेम्बर २०२५ मा भएको जेनजी आन्दोलनमा कम्पनीको एसेम्बली प्लान्ट र गोदाम पूर्ण रूपमा नष्ट भएपछि उत्पादन तथा आपूर्ति प्रणाली प्रभावित हुँदा कम्पनीको आम्दानी र नाफामा उल्लेख्य गिरावट आएको हो ।