हत्या आरोपमा आमाछोरा पक्राउ
कालीकोट : ४८ वर्षीय सूर्यबहादुर शाहीको हत्या गरेको आरोपमा प्रहरीले आमाछोरा दुवैलाई पक्राउ गरेको छ। सान्नीत्रिवेणी गाउँपालिका-४ मेहलमुडी घर भई हाल सोही गाउँपालिका-९ मुम्रा बस्ने सूर्यबहादुर शाहीको हत्या गरेको आरोपमा उनकै श्रीमती र छोरालाई जिल्ला प्रहरी कार्यालय कालीकोटले पक्राउ गरेको हो।
