SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

बाबुको हत्या आरोपमा आमा–छोरा पक्राउ

कालीकोट : कालीकोटमा ४८ बर्षीय सूर्यबहादुर शाहीको हत्या गरेको आरोपमा प्रहरीले आमा–छोरा दुबैलाई पक्राउ गरेको छ । सान्नित्रिबेणी गाउँपालिका–४ मेहलमुडी घर भई हाल सोही गाउँपालिका–९ मुम्रा बस्ने सूर्यबहादुर शाहीको हत्या गरेको आरोपमा उनकै श्रीमती र छोरालाई जिल्ला प्रहरी कार्यालय कालीकोटले पक्राउ गरेको हो ।