SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

‘पोख्रेली सिसाकलम’मा महिला सिर्जना

पहिले घरको कुनामा थन्किने पुराना पत्रपत्रिका अहिले पोखरा र आसपासका बालबालिकाको हातमा सिसाकलम बनेर पुगिरहेका छन्। फालिने कागजलाई आम्दानीको स्रोतमा बदल्ने पोखराका पाँच महिलाको प्रयासले फोहोर व्यवस्थापन, महिला उद्यमशीलता र वातावरण संरक्षणलाई एउटै सूत्रमा बाँधेको छ। नेपालका अधिकांश सहरमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। कागजको बढ्दो प्रयोगसँगै पुनः प्रयोग गर्न सकिने सामग्री ठूलो परिमाणमा फोहोरमा परिणत भइरहेका छन्।