SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

जरा खस, रुख नेपाल

विश्व विख्यात इतिहासकार एच.ए. डिभिसले समाज विकासमा खस सभ्यतालाई मौलिक मानेका छन्। उनले यसलाई रोम, हिब्रु र सिन्धुघाँटी जस्तै चाखलाग्दो सभ्यता भनेका छन्। जुम्लाको खस जातिको उत्पत्ति प्राचीन समयदेखि नै भएको मानिन्छ।सुरुमा उनीहरू उत्तरपश्चिम भारत, काश्मीर, उत्तराखण्ड र पाकिस्तानमा बस्थे। उनीहरू प्राचीन आर्य भाषी समुदाय थिए। वैदिक तथा पौराणिक ग्रन्थहरूमा पनि खस शब्दको उल्लेख पाइन्छ। महाभारत र पुराणहरूले मानवताको विकासक्रमसँगै खसहरूको उत्पत्तिबारे चर्चा गरेका छन्।