SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

दिल्ली रेलवे स्टेशनमा सिटका लागि हत्या, भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’

भारत : भारत दिल्लीको शाहदरा रेलवे स्टेशनमा जनरल डिब्बामा चढ्ने क्रममा भएको विवादले भयावह रूप लिँदा एक यात्रुको कुटपिटबाट मृत्यु भएको छ । शनिबार बिहान योगा एक्सप्रेस रेलको जनरल बोगीमा सिट लिन खोज्ने क्रममा यात्रुहरूबीच झगडा भएको थियो ।त्यसपछि केही यात्रुले उत्तर प्रदेशको बागपत निवासी पंकज धामामाथि सामुहिक रूपमा आक्रमण गरी लात–मुक्काले निर्घात कुटपिट गरेका थिए ।घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।