SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक चितवनमा बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको अन्तिम बैठक चितवनमा बस्ने भएको छ।  सभापति रवि लामिछानेले केन्द्रीय समितिको अन्तिम बैठक आज दिउँसो १ बजे भरतपुरस्थित होटल सीएमटी होटलमा बोलाएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।बैठकमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि मनोनयन, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधन लगायतका विषय मुख्य एजेण्डा रहेको बुर्लाकोटीले बताए।