SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

डाँका चोरी मुद्दाका फरार अभियुक्तसहित तीन जना पक्राउ

धादिङ : जेनजी आन्दोलनका क्रममा मकवानपुरको भिमफेदी कारागारबाट फरार भएका डाँका चोरी आरोपमा पक्राउ परेका व्यक्ति रुद्र मोक्तान पुनः चोरी प्रकरणमा पक्राउ परेका छन् । उनीसँगै अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार असार ४ गते मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठस्थित बुद्धराम मोक्तानको घरबाट ६ लाख रुपैयाँ नगद चोरी भएको घटनाको अनुसन्धानका क्रममा तीन जनालाई पक्राउ गरिएको हो ।