१० खेलाडीमा सीमित पराग्वेसँग हार व्यहोर्दा टर्कीको विश्वकप यात्रा सकियो
काठमाडौ : फिफा विश्वकप–२०२६ को समूह ‘डी’ को खेलमा पराग्वेसँग १–० ले पराजित हुँदा टर्कीको विश्वकप यात्रा टुंगिएको छ । सनफ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पराग्वेले खेलको दोस्रो मिनेटमा नै गोल गरेको हो । पराग्वेको लागि माटियास गालार्जले गोल गरेका हुन् । यो गोल नै निर्णायक रह्यो । खेलको पहिलो हाफको सुरुमा नै गोल व्यहोरेपछि टर्कीले निकै आक्रमक खेल्यो । जसका कारण खेलको बीचमा भनाभन पनि भयो । खेलको पहिलो हाफ तवानपूर्ण रह्यो ।
