SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

हाम्रो सनातन संस्कृतिमा एकात्मता र आत्मवत् भाव निहित छ : स्वामी अवधेशानन्द गिरी

काठमाडौं : भारतको ऋषिकेशस्थित जूना अखडाका पूज्य आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरीले नेपालको आध्यात्मिक महिमा र सांस्कृतिक गौरवको प्रशंसा गरेका छन्।हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी’लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गरेका हुन्।