SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

ट्रम्पले उपहार प्राप्त करोडौंको बोइङलाई रुपान्तरण गर्दै सार्वजनिक गरे नयाँ ‘एयर फोर्स वान’

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार म्यारील्यान्डको जोइन्ट बेस एन्ड्र्युजमा रहेको ह्याङ्गरमा नयाँ अस्थायी एयर फोर्स वान सार्वजनिक गरेका छन् । यो घोषणा त्यही दिन गरिएको हो, जुन दिन ह्वाइट हाउसले ३० वर्षभन्दा बढी समयदेखि राष्ट्रपति बोक्दै आएको दुईमध्ये एउटा बोइङ–७४७ लाई विदाई दिएको थियो ।नयाँ विमानलाई भीसी–२५ बी नाम दिइएको छ र यसलाई रातो, सेतो, गाढा निलो र सुनौलो रङको आकर्षक डिजाइन दिइएको छ ।