SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

अमेरिकालाई इरानको चेतावनी : ठूलो मूल्य चुकाउनु पर्नेछ

इरान : इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजीजीले शान्ति सम्झौताको समझदारी पत्र (एमओयू) को पहिलो शर्त नै कार्यान्वयन हुन नसक्नुले अमेरिकी पक्षमा इरानी जनताको विश्वास जित्ने इच्छाशक्तिको कमी देखाएको बताएका छन् ।उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यदि अवस्था यस्तै रहिरह्यो भने अमेरिकाले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ । यसको सुरुवात एमओयूका वाचाहरू उल्लंघन गरिएको विषयमा हाम्रो बुद्धिमानीपूर्ण र उपयुक्त जवाफबाट हुनेछ ।