SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

धान उत्पादन बढाउन कोरियाको २ अर्ब अनुदान

काठमाडौं : नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब दुई अर्ब रुपैयाँबराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपालका तर्फबाट कृषि, वन तथा वातावरण मन्त्रालयबीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धिनामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको हो।