पोखरा महानगरपालिकाको बजेट ७ अर्ब १५ करोड
पोखरा: पोखरा महानगरपालिकाले आर्थिक २०८३/०८४ को बजेट सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८३/०८४ का लागि महानगरपालिकाले ७ अर्ब १५ करोड २५ लाख रुपैयाँबराबरको बजेट ल्याएको हो। महानगरपालिकाको १९औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी वर्षको कार्यक्रम खर्चको योजनासहित बजेट प्रस्तुत गरिन्। महानगरपालिकाले विकास निर्माण (पुँजीगत) भन्दा प्रशासनिक र सेवा प्रवाह (चालु) तर्फ बढी रकम विनियोजन गरेको छ। कुल बजेटको ५५.१ प्रतिशत रकम चालु खर्चका लागि छुट्ट्याएको छ।
