विमानस्थलमा दैनिक भिड, युवालाई कहिलेदेखि स्वदेशमै रोजगारी ?
काठमाडौं : काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रायःजसो दैनिक रूपमा देखिएको दृश्यले नेपाली समाज, अर्थतन्त्र र राज्य व्यवस्थाको एउटा गम्भीर यथार्थ उजागर गरेको छ । अन्तर्राष्ट्रिय उडानका लागि प्रस्थान गर्ने यात्रुहरूको अत्यधिक भिड, हातमा सुटकेस र काँधमा सपना बोकेर विदेशतर्फ लाग्न बाध्य छन्, युवाहरू ।
