कर्णालीमा कच्ची सडक बने, जोखिम भने टरेन
वीरेन्द्रनगर : कुनै समय कर्णालीका गाउँहरू सडक सञ्जालको पहुँचबाट निकै टाढा थिए । ग्रामीण बस्तीमा बस्ने नागरिकले गाडी हेर्नकै लागि कालापहाड (भारत) जानुपर्ने बाध्यता थियो।गाउँमा कोही बिरामी पर्दा उपचारका लागि स्वास्थ्य संस्था लैजाने सुविधा नहुँदा धामीझाँक्रीकै भर पर्नुपथ्र्यो। तर, हाल कर्णालीको विकराल अवस्था बदलिएको छ । गाउँगाउँमा सडक सञ्जालको विकासले गति लिएसँगै नागरिकले केही हदसम्म राहत महसुस गर्न थालेका छन्। पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विस्तारसँगै कर्णालीको मुहार फेरिन थालेको छ।
