नेपाललाई देवभूमिका रूपमा विश्वसामु चिनाउने प्रयास सराहनीय : स्वामी अवधेशानन्द गिरि
भारतको ऋषिकेशस्थित जूना अखडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरिले नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्ने दिशामा भइरहेको प्रयासको प्रशंसा गर्दै नेपालको आध्यात्मिक र सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताएका छन्।
