SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

इरान-अमेरिका युद्धका कारण विश्व बजारबाट ११५ करोड ब्यारेल तेल गायब

वासिङ्टन डीसी : इरान-अमेरिका सम्झौतापछि यसै साता 'स्ट्रेट अफ हर्मुज'  पुनः सञ्चालनमा आएको छ। यद्यपि, विश्व अझै पनि तेल संकटबाट पूर्ण रूपमा मुक्त भइसकेको छैन।एनालिटिक्स फर्म 'केपलर' को प्रतिवेदन अनुसार, करिब चार महिना चलेको युद्धका कारण विश्व बजारबाट ११५ करोड ब्यारेल तेलको आपूर्ति गायब भएको छ। यसको असर आगामी केही महिनासम्म देखिन सक्ने अनुमान गरिएको छ।प्रतिवेदनका अनुसार युद्धका बेला मध्यपूर्व (मिडल इस्ट)बाट तेलको आपूर्ति करिब ठप्प प्रायः रह्यो।