SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

कलहमा फस्यो रास्वपा मधेस

जनकपुरधाम : प्रतिनिधिसभा निर्वाचनमा मधेसमा पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रथम महाधिवेशनसम्म पुग्न नपाउँदै आन्तरिक विवाद र गुट–उपगुटमा विभाजित भएको छ। जिल्ला र पालिकास्तरमा भएका अधिवेशनहरूमा कुटाकुट, झैझगडा र आन्तरिक कलहको अवस्था सिर्जना भएपछि प्रदेशका आठ जिल्लामध्ये सातवटामा अधिवेशन नै हुन सकेन। गत जेठ २६ गते रास्वपा केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गर्दै मधेस प्रदेश अधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि स्थगित गर्‍यो।