हाइटीलाई हराउँदै ब्राजिल समूह सी को शीर्षमा
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत हाइटीलाई ३–० गोलले पराजित गर्दै ब्राजिल समूह सी को शीर्ष स्थानमा उक्लिएको छ। फिलाडेल्फिया स्टेडियममा भएको खेलको पहिलो हाफमा भएका गोलहरु नै निर्णायक रहे। दोस्रो हाफमा दुवै टिमले गोल निकाल्न सकेनन्। खेलको १३ औं मिनेटमा राफिन्हाले गरेको गोल अफसाइड भएको हो। खेलको २४ औं मिनेटमा म्याथ्यू कुन्हाले गोल गर्दै ब्राजिलको खाता खोल्न सुरु गरेका थिए। पहिलो प्रहार हाइटीका किपरले बचाए। तर त्यो बल क्लियर नहुँदा कुन्हाले त्यसलाई सफ्ट टच गर्दै फिनिस गरेका थिए।
