हाइटीविरुद्ध पहिलो हाफमा ब्राजिलको ३ गोल
काठमाडौं : फिफा विश्वकप २०२६ मा हाइटीविरुद्ध ब्राजिलले पहिलो हाफमा ३ गोल गरेको छ। फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलका म्याथियस कुन्हा २ गोल र भिनिसियस जुनियरले १ गोल गरेका हुन् ।२३ औं मिनेटमा गोल गर्दै पहिलो गोल गर्दै अग्रता लिएका ब्राजिलका कुन्हालेपुन: ३६ औं मिनेटमा दोस्रो गोल गरे। खेलको पहिलो हाफमा थप गरिएको ६ मिनेटको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई ३-० को अग्रता दिलाए। आज बिहान समूह सी को खेलमा मोरक्कोले स्कटल्यान्डलाई १-० ले पराजित गरेको छ।
