विद्युत मर्मतका क्रममा करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु
विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा विद्युत लाइन मर्मत गर्नेक्रममा करेन्ट लाग्दा नेपाल विद्युत प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका–४ निवासी ४६ वर्षीय सुर्जानन्द मण्डल रहेका छन् । मण्डल नेपाल विद्युत प्राधिकरणअन्तर्गत रंगेली वितरण केन्द्रमा करार सेवामा कार्यरत थिए । प्रहरीका अनुसार शुक्रबार दिउँसो रतुवामाई–१ हटिया डाँडास्थित विद्युत पोलमा चढेर लाइन मर्मत गरिरहेका बेला अचानक उनलाई करेन्ट लागेको थियो ।
