SHARE
पर्दाफास · शनिबार ६ असार २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (असार ५ गते) मनसुन कोशी प्रदेशका केही भू–भागमा प्रवेश गरेको हो। महाशाखाले जारी गरेको सूचनामा हाल मनसुनी प्रणाली कमजोर अवस्थामा रहेको उल्लेख गर्दै देशभर फैलिन अझै केही दिन लाग्ने जनाएको छ।