SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

साइबरीको निर्णायक गोलमा मोरक्कोले स्कटल्यान्डलाई हरायो

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह सी को खेलमा मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गरेको छ। बोस्टन स्टेडियममा भएको खेलमा मोरक्कोको लागि स्माइल साइबरीले खेलको दोस्रो मिनेटमा नै गोल गरेका थिए। यो विश्वकपमा भएको सबैभन्दा छिटो गरिएको गोल हो। त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन्। पहिलो हाफमा भन्दा दोस्रो हाफमा स्कटल्यान्डले राम्रो प्रदर्शन गरेको थियो। केही अट्याकहरु गरेपनि सफल भने भएन। जसको फलस्वरुप १–० गोलले मोरक्कोसँग पराजित हुन पुग्यो।