SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

रास्वपा सभापति लामिछानेको संगठित अपराधका सबै मुद्दा फिर्ता

काठमाडौं : रास्वपा सभापति रवि लामिछाने माथि लगाइएका संगठित अपराधसम्बन्धी सबै अभियोग फिर्ता भएका छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतले फिर्ता लिएसँगै सबै संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता भएका हुन्। जिल्ला न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथिको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो।