SHARE
पर्दाफास · शुक्रबार​ ५ असार २०८३ ०४:३४ PM · 1 मिनेट पढाइ

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सम्पन्न, सुबाशलाई प्ले अफमा उपाधि

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुबाश तामाङले प्ले-अफमा जितेका छन्। प्ले-अफको पहिलो होलमा भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्यलाई हराउँदै उनी च्याम्पियन भएका हुन्। उनले उपाधिसँगै ३ लाख २० हजार नगद पुरस्कार जिते।