बूढानीलकण्ठलाई राष्ट्रिय महिला बास्केटबलको उपाधि
काठमाडौं : १०औं राष्ट्रिय महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बूढानीलकण्ठ नगरपालिकाले जितेको छ। कीर्तिपुर कभर्डहलमा शुक्रबार भएको फाइनलमा बूढानीलकण्ठले ग्रान्डी स्टार्सलाई ५०-३७ ले पराजित गर्दै च्याम्पियन बनेको हो। सुरुआतदेखि नै खेलमा अग्रता लिएको बूढानीलकण्ठले हाफटाइमसम्म २७-१३ को अग्रता बनाएको थियो। त्यसपछि ग्रान्डी स्टार्सले पुनरागमनको प्रयास गरेपनि सुरुआती अग्रता नै बूढानीलकण्ठको जितमा निर्णायक बन्यो। बूढानीलकण्ठले १३-६, १४-७, १३-१४, १०-१० को प्रदर्शन गर्यो।
