SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

काँक्रो गोडमेलका लागि बारीमा पुगेकी महिलाको करेन्ट लागेर मृत्यु

काभ्रे : जिल्लाको पनौती नगरपालिका–१२ महाभिरमा बाँदर धपाउनका लागि बारीमा जडान गरिएको करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ।शुक्रबार दिउँसो करिब ३ बजे ६८ वर्षीया कमला मुल्मीको आफ्नै बारीमा लगाइएको काँक्रोमा गोडमेल गर्न जाने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको डीएसपी रबिन बिष्टले जानकारी दिए।प्रहरीका अनुसार काँक्रो बालीमा बाँदरको उपद्रो बढेपछि बारी वरिपरि करेन्ट प्रवाह गरिएको सोही करेन्टको सम्पर्कमा आउँदा कमला मुल्मीको घटनास्थलमै मृत्यु भएको हो।