SHARE
पर्दाफास · शुक्रबार​ ५ असार २०८३ ०३:५३ PM · 1 मिनेट पढाइ

मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत, रसुवाकोमा कैफियत

मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका भित्रिएका सवारीसाधनको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको छ । भन्सार विभागद्वारा आज जारी विज्ञप्तिमा मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४९ वटा विद्युतीय सवारीसाधन नियमसंगत भित्रिएको प्रतिवेदन दिएको जनाएको छ । ती सवारी साधन गत जेठ १४ गते नेपाल प्रवेश गरेको थियो ।