SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

नेपालमा प्रवेश गर्यो यस वर्षको मनसुन प्रणाली

काठमाडौं : यस वर्षको मनसुन प्रणाली आज कोशी प्रदेशको केही भू-भागमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज मनसुन आगमन बुलेटिन-१ जारी गरेर उक्त जानकारी दिएको हो।  मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भू-भागमा विस्तार हुन अझै केही दिन लाग्ने विभागले जनाएको छ। नेपालको पूर्वी भू-भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो। यस वर्षको मनसुन सरदर भन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको छ। यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको जनाएको छ।