नगरपालिकामा मेयर र प्रमुख प्रशासकीयबीच खटपट
रौतहट : रौतहटको गरुडा नगरपालिकामा नगरप्रमुख कन्थमणि प्रसाद जयसवाल र प्रमुख प्रशासकीय अधिकृत नीलम न्यौपानेबीच खटपट सुरु भएको छ। आर्थिक मसान्तमा आएर उनीहरूबीच खटपट सुरु भएपछि पालिकाको विकास निर्माण कार्यदेखि अन्य भुक्तानी प्रभावित भएको छ। जसको कारण काम सम्पन्न गरेर भुक्तानी लिनुपर्ने उपभोक्ता समितिहरूलाई समस्या सिर्जना भएको छ। नगर नेतृत्व र प्रशासनिक नेतृत्व बीचको बढ्दो विवादले विकास निर्माणका काम तथा अन्य सेवा प्रवाह प्रभावित भएपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।
