सरकारी विज्ञापनसम्बन्धी निर्णय सच्याउन माग गर्दै महासंघको प्रदर्शन
काठमाडौं : सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय सच्याउनुपर्ने भन्दै नेपाल पत्रकार महासंघले काठमाडौंमा र्याली निकालेको छ।सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै आन्दोलनरत महासंघले पेशागत संगठन र सरोकारवालासहित काठमाडौंमा बृहत् ऐक्यबद्धता र्यालीको आयोजना गरेको हो।
