SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि प्रश्न उठ्न सक्छ : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानुनी प्रबन्ध नै नगरी गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्ने बताएका छन्। शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले सरकारको शासकीय सुधारको कार्यसूचीमा आवश्यक कानुनी प्रबन्ध आयोग बनाउने उल्लेख भए पनि कानुनी प्रबन्ध नै नगरी आयोग गठन भएकाले यसको स्वतन्त्रता, स्वायत्तता र कार्यशैली भविष्यमा विवादस्पद हुन सक्ने बताएका हुन्।