SHARE
पर्दाफास · शुक्रबार​ ५ असार २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस स्थापना

डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन वेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिगविजय सुवेदीले उक्त वेश उद्घाटन गरेका छन् ।