SHARE
पर्दाफास · शुक्रबार​ ५ असार २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा भट्टराई नियुक्ति गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए । यसैगरी मन्त्रिपरिषद्को बैठकले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।