SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

१० वर्षसम्म कृषि तथा पशुपन्छीमा प्रवाह भएको अनुदानको छानबिन हुने

काठमाडौं : एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन्। सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई ६ महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालयसमक्ष पेस गर्ने समयसीमा दिइएको छ।