SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

चोरीको गाडी चढेर चोरी गर्ने मियाँ पक्राउ

रौतहट : जिल्लाको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका-६ का १८ वर्षीय जुमुन मियाँ रहेका छन्। शुक्रबार बिहान करिब ४ बजे विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरी नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न पुगेका थिए। चोरी गर्न लागेको अवस्थामा घरधनीकी श्रीमतीले देखेपछि होहल्ला हुँदा उनले चोरीकै गाडीमा चोरी गर्न गएको खुलेको छ। उनलाई सर्लाही प्रहरीले पक्राउ गरिसकेको छ।