SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

घरायसी विवादपछि श्रीमतीलाई रड प्रहार गरेर घरको तीन तलाबाट हामफाले श्रीमान्

झापा : झापाको बिर्तामोडमा घरायसी विवादपछि एक वृद्धले आफैँ घरको तेस्रो तलाबाट हाम्फालेर आत्महत्या गरेका छन्। शुक्रबार बिहान ५:३० बजेको समयमा आफ्नी श्रीमतीलाई फलामको रडले प्रहार गरी घाइते बनाए लगत्तै वृद्धले हाम्फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।बिर्तामोड नगरपालिका-५ अन्नपूर्ण चोक निवासी ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले प्रहार गरेका थिए।