SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदललाई पाथीभरा मन्दिर जाने केवलकार निर्माण सम्बन्धमा लामो समयदेखि देखिएका विवाद तथा समस्या पहिचान गरी सोको समाधानका लागि १५ दिनभित्र सुझाव पेस गर्न समयसीमा तोकिएको छ।