SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं : सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। सदर चिडियाखाना परिसर भित्र रहेका जीवजन्तुहरुमा बर्ड फ्लु संक्रमण देखिएकाले आम सर्वसाधारण दर्शकहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै आजदेखि बन्द गरिएको हो।आजदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको कार्यालयले जनाएको छ।