SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सेयर बजारमा सकारात्मक संकेत, कारोबार रकम साढे ४ अर्ब नाघ्यो

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १.६३ अंकले बढेर २७०२.११ विन्दुमा पुगेको हो।अघिल्लो दिन बिहीबार नेप्से परिसूचक ५ अंकले घटेर २७०० विन्दुमा झरेको थियो। सो दिन ३ अर्ब ४१ करोड बराबरको कारोबार भएको थियो।साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा पुगेको थियो। त्यसअघि सोमबार र मंगलबार दुवै दिन नेप्से परिसूचकले ओरालो यात्रालाई निरन्तरता दिएको थियो।