SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

वीरगन्ज मुख्य सडकका बाँकी संरचना हटाउन आइतबारदेखि फेरि डोजर चल्ने

वीरगन्ज : त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) मा भत्काउन बाँकी रहेका घर र भवनहरुमा आगामी आइतबारदेखि फेरि डोजर चल्ने भएको छ । गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा (दायाँ–बायाँ २५-२५ मिटर) पर्ने घर, भवनलगायतका संरचना डोजर लगाएर भत्काएको थियो ।