चितवनबाट अपहरण भएका बालककाे सकुशल उद्वार, ६ जना पक्राउ
चितवनमा एक १६ वर्षीय किशोरलाई अपहरण गरी परिवारसँग २२ लाख रुपैयाँ फिरौती माग्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणपछि काठमाडौं पुर्याइएका किशोरलाई प्रहरीले सकुशल उद्धार गरेको छ भने घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार भरतपुर महानगरपालिका–३ का ती किशोर असार १ गते दिउँसो घरबाट सम्पर्कविहीन भएका थिए।
