SHARE
पर्दाफास · शुक्रबार​ ५ असार २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

शेयर बजारको उत्तारचढाव भन्दा दूरगामी नीतिमा सरकारको ध्यान छ : अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको प्राथमिकता सेयर बजारको अल्पकालीन उत्तारचढावभन्दा मुलुकको दीर्घकालीन आर्थिक हित र दूरगामी नीति निर्माणमा रहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले स्थिर र परिणाममुखी नीतिमार्फत आर्थिक सुधारको लक्ष्य राखेको स्पष्ट पारे ।